जिम्बावेका पूर्व क्रिकेट कप्तानलाई आठ वर्षको प्रतिबन्ध
बुधबार, ०१ बैशाख २०७८खेलपाटी संवाददाता

एजेन्सी । जिम्बावेका पूर्व कप्तान हेथ स्ट्रिकलाई क्रिकेटमा आठ वर्षको प्रतिबन्ध लागेको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार पूर्व कप्तान स्ट्रिकलाई सम्पूर्ण क्रिकेटमा आठ वर्षको प्रतिबन्ध लगाएको हो ।
आईसीसीले 'आईसीसी एन्टी करप्सीसन कोड' उलंघन गरेको कारण प्रतिबन्ध गरिएको जनाएको छ ।
उनले विभिन्न ५ आचारसंहिता उलंघन गरेको आईसीसीले जनाएको छ ।
जिम्बावेको प्रशिक्षक रहदा सन् २०१६ देखि १८ सम्म उनले उक्त आचारसंहिता उलंघन गरेको बताईएको छ ।
४७ वर्षीय स्ट्रिकले १९९३ देखि २००५ सम्म जिम्बावेका लागि खेलेका थिए ।







-1766305902285.jpeg&w=3840&q=75)



-1766392949541.jpg&w=3840&q=75)

-1766407401552.jpeg&w=3840&q=75)

