काठमाडौं । विरगंज युनाइटेड क्लब र सामाजिक युवा क्लब सहिद स्मारक 'बी' डिभिजन लिगमा बढुवा भएका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी 'सी' डिभिजन लिग अन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा खालीबारी युथ क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै विरगंज बढुवा भएको हो ।
जितसँगै विरगंजले ५ खेलमा ८ अंक जोड्यो । खालीबारी भने बी डिभिजनमा उक्लन सकेन ।
यस्तै दोस्रो खेलमा सामाजिक युवा क्लबले विरगंज युथ एकेडेमीलाई १-० गोल अन्तरले पराजित गर्दै 'बी' लिगमा बढुवा भयो ।
जितपछि सामाजिकले ७ अंक जोड्यो । बराबर अंक भएपनि विरगंज हेड टु हेडमा पछि पर्दै बढुवा हुनबाट चुक्यो ।
लिगको अन्तिम खेलमा चर्च ब्वाइजले झापा फुटबल क्लबसँग प्रतिस्पर्धा गरिरहेको छ ।