एजेन्सी । साविक विजेता रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको एल क्लासिको भिडन्तमा बार्सिलोनामाथि २-१ गोलको जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा १० खेलाडीमा समेटिएको रियललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक एक गोल गरे ।
बार्सिलोनाका ओस्कार मिन्गुएजाले एक गोल फर्काए ।

खेलको १३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
खेलको २८ औं मिनेटमा क्रुसले गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।
खेलको ६० औं मिनेटमा ओस्कारले एक गोल फर्काएपनि बार्सिलोना २-१ ले पराजित भयो ।
यस्तै खेलको इन्जुरी समय कासिरिमोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै रियलले ३० खेलमा ६६ अंक जोडेको छ । रियलले एट्लेटिको मड्रिडलाई हेड टु हेडमा पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो ।
एक खेल कम खेलेको एट्लेटिकोको पनि ६६ अंक रहेको छ ।
बार्सिलोना ६५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
