काठमाडौ । राष्ट्रिय फुटलब टोलीका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जाकर्ता मेनपोरा कपको सेमिफाइनलमा प्रबेश गरेको छ ।
शनिबार इन्डोनेशियन लिग वानको पर्सिजाले मेनपरा कपको क्वाटरफाइलनमा बारितो पुटेरालाई १–० गोल अन्तरले पराजित गर्यो ।
पर्सिजाको लागि क्रोयसियन स्ट्राइकर मार्को सिमितले खेलको ६२ मिनेटमा विजयी गोल गरे ।
थ्री नेसन्स कपपछि इन्डोनेशिया पुगेका रोहित पहिलो खेलमै सुरुवाती ११ मा रहदै मैदान उत्रिएका थिए । उनले पूरा समय मैदानमा बिताए ।
अब पर्सिजाले फाइनल प्रबेशको लागि पियसएम माकासारसंग खेल्नेछ ।
गत साता नेपालले घरेलु मैदानमा बंगलादेशलाई हराउदै थ्री नेसन्स कपको उपाधि हात पर्दा रोहित प्रतियोगिताको सर्बाेत्कृष्ट खेलाडी चुनिएका थिए ।