एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी पराजित भएको छ ।
शनिबार भएको खेलमा सिटी लिड्स युनाईटेडसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा सिटी १० खेलाडीमा समेटिएको लिड्ससँग पराजित भएको हो ।
खेलको ४२ औं मिनेटमा स्टुवार्ट डालसले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा लियाम कोपेरले रातो कार्ड पाएपछि लिड्स १० खेलाडीमा समेटियो ।

खेलको ७६ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको इन्जुरी समयमा डालसले व्यक्तिगत दोस्रो गोल गर्दै लिड्सलाई २-१ को जित दिलाए ।
जितसँगै लिड्सले ३१ खेलमा ४५ अंक जोडेको छ ।
लिड्स १० औं स्थानमा रहेको छ ।
सिटी ३२ खेलमा ७४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।