'उपाधिको श्रेय खेलाडीलाई जान्छ'
पोखरा । संकटा क्लबका मुख्य प्रशिक्षक सल्यान खड्कीले १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधिको श्रेय खेलाडीमा जाने बताएका छन् ।
पोखरा रंगशालामा शनिबार भएको पहिलो पटक आहा राराको उपाधि जितेपछि प्रशिक्षक खड्कीले उपाधि श्रेय खेलाडीमा जाने बताएका हुन् ।
फाइनलमा अफ्रिकन रुट्स एसोसियसनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि जितेको हो ।
'हाम्रो छैटौं सहभागितामा यो पहिलो उपाधि हो । जितको श्रेय हाम्रा खेलाडीलाई दिन चाहन्छु,' खड्कीले भने, 'उनीहरुले उत्कृष्ट खेल्न सके ।'
पहिलो पटक फाइनल पुगेको संकटाले पहिलो फाइनल यात्रामै उपाधि जितेको हो ।
पहिलो सहभागितामै फाइनल पुगेको अफ्रिकनले भने उपविजेतामा चित्त बुझायो ।
अफ्रिकनका मुख्य प्रशिक्षक सेर्ज बोरिसले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा फाइनलमा पराजित भएको बताए ।
'उनीहरुले निकै राम्रो प्रदर्शन गर्न सफल भए । त्यसकारण हामी चुक्यौं ,' उनले भने, 'सुरुवाती अग्रता लिएपनि हामीले केहि मौकालाई सदुपयोग गर्न सकेनौं ।'