आहा रारामा संकटाका राजाबाबु सर्वोत्कृष्ट
पोखरा । १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलमा संकटा क्लबका गोलकिपर राजाबाबु थापा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
पोखरा रंगशालामा शनिबार भएको फाइनलमा संकटालाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका राजाबाबु सर्वोत्कृष्ट चुनिएका हुन् ।
अफ्रिकनविरुद्धको फाइनलमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
पेनाल्टी सुटआउटमा एक पेनाल्टी रोकेका उनले खेलमा दुई भन्दा बढी उत्कृष्ट बचाऊ गरेका थिए । सर्वोत्कृष्ट बनेका राजाबाबुले एप्रिला स्कुटर प्राप्त गरे ।
व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर राजाबाबु थापा, उत्कृष्ट डिफेन्डर निरज बस्नेत, उत्कृष्ट मिडफिल्डर रिम, उत्कृष्ट स्ट्राइकर बासेक र उत्कृष्ट प्रशिक्षक अफ्रिकनका सर्ज बोरिस चुनिए । उनीहरुले जनही २५/२५ हजार प्राप्त गरे ।
सर्वाधिक गोलकर्ता पुलिसका बुद्द बल तामाङ, संकटाका ग्लोरी, अफ्रिकनका बासेक र मौसाले संयुक्त प्राप्त गरे ।
फेयर प्ले अवार्ड नेपाल पुलिस क्लबले प्राप्त गरेको छ ।