एजेन्सी । स्पेनिस लिगको एल क्लासिको खेल आज (शनिबार) हुँदैछ । उपाधि होडमा रहेको रियल मड्रिड र बार्सिलोना आज राति आमने सामने हुँदैछन् ।
रियलको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।
एल–क्लासिकोले सामान्यतया ला लिगाको उपाधि होडमा फरक पार्ने गर्छ । यस पटक उपाधि होडमा बार्सिलोना र रियलसंगै एट्लेटिको मड्रिड समेत देखिएको छ । शनिबार रातिको खेलको नतिजाले एट्लेटिकोको शीर्ष स्थानमा खोसिनेछ ।

जित निकाल्ने टिमले ला लिगाको शीर्ष स्थान कब्जा गर्नेछ । एट्लेटिको मड्रिड ६६ अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको बार्सिलोना ६५ अंक छ । रियल मड्रिड ६३ अंक छ तेस्रो स्थानमा छ ।
स्याटियागो वर्नवेउ पुनर्निमाणका रहेका कारण रियलले एल–क्लासिकोलाई स्टाडियो अल्फ्रेडो डी स्टिफानोका मैदानमा आयोजना गर्दैछ । कोरोना कहरका कारण खेल बन्द रंगशालामा खेलाईनेछ ।

रियलको आखाँ बुधबारको च्याम्पियन्स लिगको दोस्रो खेलमा समेत रहेको छ । जहाँ रियलले लिभरपुलसंग खेल्दैछ ।
यता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)संग पराजित बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिसकेको छ ।
शनिबार राति रियल र बार्सिलोना मैदान उत्रदै गर्दा सबैको नजर लियोनल मेस्सीमा हुनेछ । उनले यस सिजनमात्र २३ गोल गरेका छन् ।
रियलका लागि सर्वाधिक गोल गरेका करिम बेन्जिमा १८ गोल सहित घरेलु टोलीलाई अग्रपङ्तीमा सम्हाल्नेछन् । दुवै खेलाडी आज राति दुवै टिमका मुख्य हतियार हुन् । चोटका कारण रियलले कप्तान र डिफेन्डर सर्जियो रामोसलाई गुमाउनेछ ।