उल्भ्सको साँघुरो जित
शनिबार, २८ चैत्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले साँघुरो जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा उल्भ्सले फुलहमलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
उल्भ्सको जितमा एडमा ट्राओरेले निर्णायक गोल गरे ।
फुलहमको मैदानमा खेलको इन्जुरी समयमा ट्राओरेले निर्णायक गोल गरेका थिए ।
जितसँगै उल्भ्सले ३१ खेलमा ३८ अंक जोडेको छ ।
उल्भ्स लिगको १२ औं स्थानमा रहेको छ ।
फुलहम २६ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।








-1767924589079.webp&w=3840&q=75)




-1767923977114.webp&w=3840&q=75)