• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
मिलनलाई उपाधि
खेलपाटी संवाददाता
बिहीबार, चैत २६, २०७७ खेलपाटी संवाददाता
मिलनलाई उपाधि

ललितपुर । दोलखा चेसका युवा खेलाडी मिलन लामाले ६४औं सहकारी दिवसको उपलक्ष्यमा आयोजित गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् ।

बिहीबार सम्पन्न फाइनल खेलमा मिलन र नोभा साकोस ललितपुरका सुदिप तामाङ्गबीचको क्लासिकल खेलमा दुबैले एक एक खेल जितेका थिए । त्यसपछि ३ मिनेट २ सेकेण्डको ब्लिट्ज टाइब्रेकमा मिलनले दुबै खेल जितेर च्याम्पियन बने । मिलनले यामाहा मोटरसाइकल, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता सुदिपले नगद रु.६०,००० हात पारे ।

ललितपुरको ताम्रकार भवनमा संचालन भइरहेको प्रतियोगितामा सुन्दर साकोस हेटौडाका एशियन एमेच्योर चेस च्याम्पियन कृष्ण थापाले गजुरमुखी चेस क्लब राजन सुबेदीलाई टाइब्रेकमा जितेर तेश्रो भए । कृष्णले नगद ३० हजार र राजनले नगद २० हजार पाए ।

ललितपुर स्पोर्टस् क्लब र ताम्रकार समाजद्धारा संयुक्त रुपमा आयोजित प्रतियोगिताको लिगतर्फ दोलखा चेसका सुमित पन्त ७ अंकका साथ प्रथम भै नगद २५ हजार जित्न सफल भए । त्यसैगरी समान साढे ६ अंक भएपनि प्रोग्रेसिव टाइब्रेकअनुसार गजुरमुखी चेस क्लबका फिडेमास्टर रिजेन्द्र राजभण्डारी दोश्रो भै १५ हजार, गजुरमुखीकै प्रकाशचन्द्र नेपाल तेश्रो भई १० हजार, ललितपुरका राजन पुरी चौथौं ८ हजार, सुर्योदय साकोस ललितपुरका सुमन राइ पाँचौं ७ हजार र सद्भाव कृषि सहकारी लुभुका अशोकमोहन श्रेष्ठ छैटौं भइ ६ हजार नगद पुरस्कार प्राप्त गरे ।

त्यस्तै प्रतियोगितामा समान ६ अंक भएपनि प्रोग्रसिव टाइब्रेक अनुसार माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लब जोरपाटीका फिडेमास्टर क्षितिज भण्डारी, करुणामय साकोस ललितपुरका प्रेमकृष्ण महर्जन, कामना साकोसका फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ, गोल्डेन गेट कलेजका निकेन कुसाथा, हेटौडा चेस क्लबका सुरवीर लामा, एभरेष्ट चेस एण्ड सोसियल क्लब जोरपाटीका अर्जुन घिमिरे, मुस्कान साकोस ललितपुरका सुशिल चौधरी, काठमाण्डौ चेस क्लबका फिडे ट्रेनर केशव श्रेष्ठ र जनता साकोस ललितपुरका सजिन महर्जन उत्कृष्ठ पन्ध्रौं भए । उनीहरुले जनही नगद ५ हजार पाए ।

यस प्रतियोगितामा महिलातर्फ करुणामय साकोस ललितपुरकी विनिता कपाली प्रथम भइन् । उनले नगद १० हजार हात पारिन् । त्यस्तै प्रचलित साकोस ललितपुरकी अनिषा न्यौपाने दोश्रा भै नगद ८ हजार प्राप्त गरिन् भने मिशन युथ क्लब टोखाकी पूर्णिमा गुरुङ्ग तेश्रा भइन् ।

यस्तै पूर्व नेपाल त्याम्पियन बद्रिलाल नेपाली भेट्रान उत्कृष्ठ र ओलम्पियाड खेलाडी नेशनल डेभलपमेन्ट साकोस ललितपुरका दीर्घराज जोशी भेट्रान दोश्रा भए । उनीहरुले क्रमशः ५ र ४ हजार नगद पुरस्कार पाए ।

१६ बर्षमुनी उमेर समुहमा मेरिडियन इन्टरनेशनल स्कुल बालुवाटारका १२ बर्षीय छात्र पुरुषोत्तम सिलवाल प्रथम, श्री राज एकता सन्जाल कपनका सम्पूर्णराज न्यौपाने दोश्रा र मिशन युथ क्लब टोखाका आश्चर्य चौधरी तेश्रा भए । उनीहरुले क्रमशः ५,४ र ३ हजार नगद पुरस्कार हात पारे ।

१८०० मुनी रेटिङ्गसमुहमा सिलुलाइट साकोस लुभुका कमल श्रेष्ठ प्रथम, स्वर्णीम साकोस ललितपुरका सुश्रुत दाहाल दोश्रा र एभरेष्ट चेस एण्ड सोसियल क्लब जोरपाटीका मिनबहादुर लामा तेश्रा भइ क्रमशः नगद ५,४ र ३ हजार पाए ।

१६०० मुनी रेटिङ्गसमुहमा नेपाल टेलिकमका गोबिन्द खड्का प्रथम, काभ्रेका खोमप्रसाद तिमिल्सिना दोश्रा र सहश्रधारा साकोस बानेश्वरका हेम भण्डारी तेश्रा भए । उनीहरुले क्रमशः नगद ५,४ र ३ हजार पाए

प्रतियोगिताका विजयी तथा सहभागी खेलाडीहरुलाई आयोजक क्लबका अध्यक्ष एवं नेपाल बुद्धिचाल संघका महासचिव हेराकाजी महर्जनको सभापतित्वमा एक समारोहबीच प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठ, फिडे इथिक्स कमिटी सदस्य राजेशहरि जोशी, नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ लगायतले ट्रफि, मेडल, प्रमाणपत्र एवं नगद पुरस्कार वितरण गरे ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सेमिफाइनलबाटै बाहिरियो नेपाल
सेमिफाइनलबाटै बाहिरियो नेपाल
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
पहिलो हाफमा गोल भएन
पहिलो हाफमा गोल भएन
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिना फर्किए
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिना फर्किए
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP