काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) लाई खुकुरीले मुख्य प्रायोजन गरेको छ ।
आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले बिहीबार खुकुरी रमको वितरक नेपाल डिस्टिलरी प्रालिसँग सम्झौता गरेको छ ।
एनएसएलका अध्यक्ष आश्रेता कार्की चौधरी र खुकुरीको इभेन्ट्स म्यानेजर श्रीधा शाहले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौतासँगै प्रतियोगिताको नाम खुकुरी नेपाल सुपर लिग हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १९ खेल हुनेछ ।
पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।
लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
लिगमा सहभागी टिमले अक्सनबाट खेलाडी छनोट गरिसकेको छ ।
