ज्लाटन सम्झौता थप्ने तयारीमा
बुधबार, २५ चैत्र २०७७खेलपाटी संवाददाता

काठमाडौं । एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोविच नयाँ सम्झौताका लागि छलफलमा जुटेका छन् ।
३९ वर्षिया फरवार्डको वर्तमान सम्झौता जुनबाट सकिदैछ । उनले यस सिजन मात्र १५ लिग गोल गरेका छन् । उनी सिरि एका सर्वाधिक दोस्रो गोलकर्ता हुन् ।
छलफल सकारात्मक रुपमा अघि बढेको बताईएको छ । सम्झौतामा हस्ताक्षर गर्ने कुनै मिति तय भएको छैन ।
पेरिस सेन्ट जर्मेन (पीएसजी), म्यान्चेष्टर युनाईटेड र इन्टर मिलानका फरवार्ड ५ वर्षको अन्तराष्ट्रिय सन्यासलाई फिर्ता लिदै मैदान फर्किएका छन् ।
उनी दोस्रो पटक सन् २०१९ मा मिलान फर्किएका थिए । उनी सन् २०१०–११ को सिजनमा लोनमा बार्सिलोनाबाट मिलान आएका थिए ।
त्यस समय उनले सिरि एको उपाधि जितेका थिए । उपाधिसंगै उनी स्थायी रुपमा क्लबसंग सम्झौता गरेका थिए ।







-1765462956105.jpeg&w=3840&q=75)


-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
-1765441425596.webp&w=3840&q=75)