एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुएनले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
प्ले मेकर ब्रुएनले बुधबार सिटीसँग थप दुई वर्ष क्लबमा रहने गरि नयाँ सम्झौता गरेका हुन् ।
नयाँ सम्झौतासँगै ब्रुएन सन् २०२५ सम्म सिटीमा रहने छन् ।
बेल्जियमका ब्रुएनले सिटीका लागि २ सय ५५ खेलमा ५६ गोल गर्नुका साथै १ सय ५ असिस्ट गरेका छन् ।

२९ वर्षीय ब्रुएन सन् २०१५ मा जर्मन क्लब वुल्फवर्गबाट सिटी आएका थिए ।
सिटीका लागि उनले २ प्रिमियर लिगसहित एफए कप र लिग कप जितिसकेका छन् ।