पोखरा । पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको पहिलो सेमिफाइनल खेल आज हुँदैछ ।
पोखरा रंगशालामा हुने पहिलो सेमिफाइनलमा विभागीय टिम एपीएफ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
एपीएफ र संकटाबीचको खेल दिउँसो ३:०० बजे सुरु हुनेछ ।
आज दुई 'ए' डिभिजन क्लब जित निकाल्दै उपाधि नजिक पुग्न चाहन्छ ।
एपीएफले आयोजक सहारा क्लबलाई हराएर अन्तिम चारमा पुगेको हो ।
संकटाले भने मनाङ मर्स्याङ्दी क्लबलाई हराएर एपीएफसँगको भेट पक्का गरेको हो ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।