एजेन्सी । बायर्न म्युनिखका विंगर सर्जी जिनाब्रीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
बायर्नले २५ वर्षीय विंगरलाई कोरोना देखिएको जनाएको छ ।
च्याम्पियन्स लिग अन्तर्गत पीएसजीसँगको क्वाटरफाइनलको खेल अघि गरिएको परिक्षणमा उनलाई कोरोना देखिएको हो ।
बायर्नले घरेलु मैदानमा बुधबार राति पीएसजीसँग पहिलो लेग खेल खेल्दैछ ।
गत सिजन बायर्नले उपाधि जित्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
बायर्नले जिनाब्री सेल्फ आईसोलेसनमा बसेको समेत जनाएको छ ।
जिनाब्रीलाई दोस्रो पटक कोरोना संक्रमण भएको हो ।
यस अघि उनलाई गत अक्टोबरमा कोरोना देखिएको थियो ।