एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर राफेल भरानलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत इंग्लिस क्लब लिभरपुलसँगको खेल अघि भरानलाई कोरोनाको संक्रमण देखिएको हो ।
रियलले डिफेन्डर भरानलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।
अब फ्रेन्च डिफेन्डर भरानले लिभरपुलसँगको खेल गुमाउने छन् ।
रियलले घरेलु मैदानमा आज राति लिभरपुलसँग क्वाटरफाइनलको पहिलो लेग खेल खेल्नेछ ।
भरानको अनुपस्थितिले रियललाई दबाब थपिएको छ ।