• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
दोस्रो चरण पुग्ने आर्मीको योजना
खेलपाटी संवाददाता
मंगलबार, चैत २४, २०७७ खेलपाटी संवाददाता
दोस्रो चरण पुग्ने आर्मीको योजना

काठमाडौं । एएफसी कप-२०२१ प्ले अफमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले भोलि (बुधबार) श्रीलंका पुलिस स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ  ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीले श्रीलंका पुलिस टिमसँग खेल्नेछ । खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

घरेलु मैदानमा आर्मी जित निकाल्दै प्ले अफको दोस्रो चरणमा पुग्ने योजनामा रहेको छ ।

आर्मीका मुख्य प्रशिक्षक नविन न्यौपाने पाहुना टिमलाई हराएर अर्को चरणमा पुग्ने योजनामा रहेको बताउँछन् ।

'हामी जितका लागि खेल्छौं । हाम्रो टिम सेट राम्रो छ । हामी आधुनिक फुटबल पस्केर दर्शकलाई खुसी बनाउने छौँ,' श्रीलंका पुलिससँगको खेल अघि प्रि म्याच कन्फरेन्समा  प्रशिक्षक न्यौपानेले भने, 'यो पहिलो चरण हो । हामी पहिलो चरण पार गर्न चाहन्छौं । त्यसपछि अन्य खेलको योजना बनाउने छौँ ।'

No description available.

पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल अप्रिल १४ मा हुनेछ ।

भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ ।

यस प्ले अफको विजेताले समूह चरणको समूह 'डी' स्थान बनाउने छन् ।

समूह 'डी' मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ ।

एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेल लागेको हो ।

सहिद स्मारक 'ए' डिभिजन लिगमा उपविजेता बनेपनि च्याम्पियन मछिन्द्रको लाईसेन्स नहुँदा आर्मीले प्ले अफको मौका पाएको हो ।

प्रशिक्षक न्यौपानेले क्लब लाईसेन्स पाएपछि लगातार तयारी गरेको कारण नतिजा निस्कनेमा आशावादी रहेको बताए ।

'हामीले क्लब लाइसेन्स पाएको दिनबाट तयारी सुरु गरेका थियौं । बीचमा हामीले  तयारी स्वरुप एक खेल खेल्न पनि पायौं । त्यसैले श्रीलंकन टोलिसँगको खेलमा नतिजा हाम्रोमा आउँछ भन्ने आशा छ,' उनले भने ।

प्रशिक्षक न्यौपानेले टिममा केहि खेलाडी चोटग्रस्त भएको समेत बताए । उनले सुमन अर्याल र टेक बहादुर बस्नेतले चोट बोकेको बताए ।

यस्तै आर्मीका कप्तान भरत खवासले यस खेलमा टिमले महत्वपूर्ण अवसरको रुपमा लिएको बताए ।

'हाम्रो तयारी राम्रो छ । हामी सधै यहि टिम खेल्ने हो । बिचमा कोरोनाले प्रशिक्षण गर्न नपाएपनी तयारी राम्रो छ,' भरतले भने, 'यो हाम्रा लागि अवसर र चुनौती पनि हो । हामिले यसलाई अवसरका रुपमा लिएका छौँ ।'

भरतले श्रीलंका पुलिससँगको खेलबाट आफुलाई प्रमाणित गर्ने दाबी गरे ।

'थ्री नेसन्स लिगमा बेन्चमा बसे । म त्यो देखाउन चाहन्छु कि म पुरानै लयमा छु । अझै राम्रो खेल्न सक्छु भनेर । हामी शारीरिक रुपमा पनि सबल छौँ जस्तो लाग्छ,' उनले भने ।

No description available.

श्रीलंका पुलिसका प्रशिक्षक झिलाउ अल्पेन्सुले छोटो तयारी भएपनि टिम राम्रो रहेको बताए ।

टिममा राष्ट्रिय टिमका खेलाडी नभएपनि विदेशी खेलाडी राम्रो भएको उनले बताए ।

'कोभिडका कारण लामो समय प्रशिक्षण गर्न पाएनौं । पछिल्लो दुई महिना तयारी गरेका छौँ,' उनले भने, 'यो क्लब खेल हो । टोलीमा राष्ट्रिय टिमका खेलाडी छैनन् । हामीसँग ३ विदेशी खेलाडी छन् । त्यसैले नतिजा राम्रो आउछ भन्ने आशा छ ।'

No description available.

श्रीलंका पुलिसका कप्तान चामिक कुमाराले नेपालमा खेल्न पाउँदा खुसी लागेको बताए ।

'हामीले तयारी गर्ने छोटो अवसर पाएपनि खेल खेल्न पाएका छौँ । त्यसैमा खुसी छौँ । अझ नेपालमा खेल्न पाउँदा खुसी छौ,' उनले भने ।

No description available.

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
साफ यु–१७ : ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
साफ यु–१७ : ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
नेपाली टोलीका प्रशिक्षक भन्छन्– अन्तिम खेलमा खेलाडी थाके
नेपाली टोलीका प्रशिक्षक भन्छन्– अन्तिम खेलमा खेलाडी थाके
उपविजेता टोली स्वदेश फिर्ता
उपविजेता टोली स्वदेश फिर्ता
पाकिस्तानको टोलीमा प्रिमियर लिग खेलेका प्रशिक्षक
पाकिस्तानको टोलीमा प्रिमियर लिग खेलेका प्रशिक्षक
नेपाली टोली स्वदेश फर्किँदै
नेपाली टोली स्वदेश फर्किँदै
एन्फाले गर्यो फेसबुकको कमेन्ट् बक्स अफ !
एन्फाले गर्यो फेसबुकको कमेन्ट् बक्स अफ !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हेल्प नेपालले तेस्रो स्थानको लागि खेल्ने
हेल्प नेपालले तेस्रो स्थानको लागि खेल्ने
एरिका र अञ्जनालाई डा सृष्टी उत्कृष्ट महिला खेलाडीको अवार्ड
एरिका र अञ्जनालाई डा सृष्टी उत्कृष्ट महिला खेलाडीको अवार्ड
साफ यु–१७ : ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
साफ यु–१७ : ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
'मिसन २०२६ देशलाई खुशी बनाउने योजना हो'
'मिसन २०२६ देशलाई खुशी बनाउने योजना हो'
नेपाली टोलीका प्रशिक्षक भन्छन्– अन्तिम खेलमा खेलाडी थाके
नेपाली टोलीका प्रशिक्षक भन्छन्– अन्तिम खेलमा खेलाडी थाके
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP