एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले आरबी लाइपजिगलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
लाइपजिगको मैदानमा बायर्नलाई जित दिलाउन लियोन गोर्टेज्काले निर्णायक गोल गरे ।

खेलको ३८ औं मिनेटमा लियोनले निर्णायक गोल गरेका थिए ।
यस जितसँगै बायर्नले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ ।
बायर्नले २७ खेलमा ६४ अंक जोडेको छ ।
दोस्रो स्थानमा रहेको लाइपजिगको ५७ अंक रहेको छ ।
