सोसिडाडलाई ३४ वर्षपछि कोपा डेल रेको उपाधि
आइतबार, चैत २२, २०७७खेलपाटी संवाददाता

एजेन्सी । रियल सोसिडाडले सन् २०१९/२० स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ ।
शनिबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई १-० गोल अन्तरले पराजित गर्दै सोसिडाडले उपाधि जितेको हो ।
सोसिडाडलाई च्याम्पियन बनाउन मिकेल ओयार्जाबलले निर्णायक गोल गरे । उनले खेलको ६३ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।
त्यहिँ मिकेलको गोल खेलमा निर्णायक बन्यो ।
यससँगै सोसिडाडले ३४ वर्षपछि पहिलोपटक कोपा डेल रेको उपाधि जित्न सफल भएको छ ।
सन् १९८७ पछि सोसिडाडको यो पहिलो उपाधि समेत हो ।
बिल्बाओले भने यहिँ अप्रिलमा कोपा डेल रेको अर्को फाइनल खेल्नेछ ।
सन् २०२०/२१ को फाइनलमा बिल्बाओले बार्सिलोनासँग खेल्नेछ ।
फाइनल खेल अप्रिल १७ मा हुनेछ ।












%20(1)-1761905198112.png&w=3840&q=75)

