सिटीको सहज जित
२०२१ अप्रिल ४, आइतबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा सिटीले लेष्टर सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
लेष्टरको मैदानमा सिटीलाई जित दिलाउन बेन्जामिन मेन्डी र ग्राबियल जिससले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सिटीले दुबै गोल गरेको हो ।
खेलको ५८ औं मिनेटमा बेन्जामिनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।
जितसँगै सिटीले उपाधि होड थप बलियो बनाएको छ ।
सिटीले ३१ खेलमा ७४ अंक जोडेको छ ।
लेष्टर ३० खेलमा ५६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।