रोनाल्डोको गोलमा हारबाट जोगियो युभेन्ट्स
२०२१ अप्रिल ३, शनिबारखेलपाटी संवाददाता

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा युभेन्ट्स टोरिनोसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको १३ औं मिनेटमा फेड्रिको चिसाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।
तर, खेलको २७ औं मिनेटमा एन्टोनियो सनाब्रियाले गोल गर्दै टोरिनोलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ४६ औं मिनेटमा सनाब्रियाले व्यक्तिगत गोल गर्दै टोरिनोलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई २-२ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै युभेन्ट्सले २८ खेलमा ५६ अंक जोडेको छ । युभेन्ट्स चौंथो स्थानमा रहेको छ ।
टोरिनो २४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।