नेयमारलाई रातो कार्ड, पीएसजी पराजित
२०२१ अप्रिल ३, शनिबारखेलपाटी संवाददाता

एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।
शनिबार राति भएको खेलमा पीएसजी लिलसँग १-० गोल अन्तरले पराजित भएको हो ।
पीएसजीको मैदानमा लिललाई जित दिलाउन जोनाथन डेभिडले गोल गरे । उनले खेलको २० औं मिनेटमा गोल गरेका थिए ।
यस्तै खेलको अन्तिम समयमा पीएसजी र लिल १० खेलाडीमा समेटिएको थियो ।
खेलको ९० औं मिनेटमा पीएसजीका नेयमार दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।
यस्तै इन्जुरी समयमा लिलका थियागोले पनि दोहोरो पहेलो कार्डसहित रातो कार्डसहित रातो कार्ड पाएका थिए ।
यस जितसँगै लिलले लिगमा ३ अंकको अग्रता बनाएको छ ।
लिलले ३१ खेलमा ६६ अंक जोडेको छ । दोस्रो स्थानको पीएसजीले ३१ खेलमा ६३ अंक जोडेको छ ।