डर्टमण्ड पराजित
२०२१ अप्रिल ३, शनिबारखेलपाटी संवाददाता

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड पराजित भएको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्ड फ्रान्कफर्टसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
डर्टमण्डको मैदानमा खेलको ११ औं मिनेटमा निकोको आत्मघाती गोलबाट फ्रान्कफर्टले अग्रता बनाएको थियो ।
तर, खेलको ४५ औं मिनेटमा म्याट हुमेल्सले गोल गर्दै डर्टमण्डलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै फ्रान्कफर्टलाई २-१ को जित दिलाए ।
जितसँगै फ्रान्कफर्ट २७ खेलमा ५० अंक जोडेको छ । फ्रान्कफर्ट लिगको चौंथो स्थानमा रहेको छ ।
पराजित डर्टमण्ड ४३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।