बराबरीमा रोकियो मिलान
२०२१ अप्रिल ३, शनिबारखेलपाटी संवाददाता

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा एसी मिलान बराबरीमा रोकिएको छ ।
शनिबार भएको खेलमा मिलान साम्पडोरियासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा जेन्स पिटरले गोल गरेपछि मिलान हारबाट जोगिएको हो । उनले खेलको ८७ औं मिनेटमा गोल गरेका थिए ।
त्यसअघि खेलको ५७ औं मिनेटमा फाबियोले गोल गर्दै साम्पडोरियालाई अग्रता दिलाएका थिए ।
यस्तै खेलको ५९ औं मिनेटमा एड्रिन सिल्भाले रातो कार्ड पाएपछि साम्पडोरिया १० खेलाडीमा समेटिएको थियो ।
यस बराबरीसँगै मिलानले २९ खेलमा ६० अंक जोडेको छ । मिलान दोस्रो स्थानमा रहेको छ ।
साम्पडोरिया ३६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।