काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग फुटबल प्रतियोगिता राजधानीमा जारी रहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी प्रतियोगितामा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराईरहेको छ ।
समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।
लिगमा पाँचौ चरणको खेल जारी रहेको छ ।
प्रतियोगितामा बिहीबारसम्मको खेल सकिदा समूह 'ए' मा खालीबारी युथ क्लब १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
यस्तै समूह समूह 'बी' मा १३ अंक जोडेको चर्च ब्वाइज शीर्ष स्थानमा रहेको छ ।
अंक तालिका हेर्नुहोस् :
