सामाजिकको तेस्रो जित
बिहिबार, १९ चैत्र २०७७खेलपाटी संवाददाता

काठमाडौं । सामाजिक युवा क्लबले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा जित निकालेको छ ।
बिहीबार भएको खेलमा सामाजिकले ओसिस क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सामाजिकलाई जित दिलाउन प्रविन कुमार खवासले निर्णायक गोल गरे ।
प्रविनले खेलको ८६ औं मिनेटमा गोल गरे ।
जितसँगै सामाजिकले ५ खेलमा १० अंक जोडेको छ ।
समूह 'बी' को सामाजिक तेस्रो स्थानमा रहेको छ ।
ओसिस ५ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।
लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।










%20(1)-1765373001252.jpeg&w=3840&q=75)
-1765371080838.jpg&w=3840&q=75)
-1765366825175.jpeg&w=3840&q=75)


