एजेन्सी । फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा इटालीले लगातार तेस्रो जित निकालेको छ ।
बुधबार राति भएको खेलमा इटालीले लिथुनियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
लिथुनियाको मैदानमा खेलको ४८ औं मिनेटमा स्टेफानोस सेन्सीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा सिरो इम्मोबाइलले गोल गर्दै इटालीलाई २-० को जित दिलाए ।
जितसँगै समूह 'सी' को इटालीले ३ खेलमा ९ अंक जोडेको छ ।
इटाली शीर्ष स्थानमा कायम रहेको छ ।
लिथुनिया अंकविहीन रहदै पुछारमा रहेको छ ।
यसै समूहको अर्को खेलमा नर्दन आयरल्याण्ड र बुल्गेरियाले गोलरहित बराबरी खेलेका छन् ।