एजेन्सी । फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा स्पेनले सहज जित निकालेको छ ।
बुधबार राति भएको खेलमा स्पेनले कोसोभोलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा खेलको ४३ औं मिनेटमा डानिल ओल्मोले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।
खेलको ३६ औं मिनेटमा फेरान टोरेसले गोल गर्दा स्पेनको अग्रता २-० को बन्यो ।
खेलको ७० औं मिनेटमा कोसोभोका बेसार हालिमीले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ७५ औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै स्पेनलाई ३-१ को जित दिलाए ।
जितसँगै स्पेनले ३ खेलमा ७ अंक जोडेको छ ।
स्पेन समूह 'बी' को शीर्ष स्थानमा रहेको छ ।
कोसोभो अंकविहीन रहदै पुछारमा रहेको छ ।
यसै समूहको अर्को खेलमा ग्रीस र जर्जियाले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।