एजेन्सी । फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा इंग्ल्यान्डले पोल्याण्डलाई हराएको छ ।
बुधबार राति भएको खेलमा इंग्ल्यान्डले पोल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
इंग्ल्यान्डको जितमा ह्यारी केन र ह्यारी मग्वायरले एक एक गोल गरे । पोल्याण्डका जाकुब मोडेरले एक गोल फर्काए ।
वेम्बली स्टेडियममा खेलको १९ औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए ।
खेलको ५८ औं मिनेटमा पोल्याण्डका जाकुबले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए ।

त्यसपछि खेलको ८५ औं मिनेटमा मग्वायरले गोल गर्दै इंग्ल्यान्डलाई २-१ को जित दिलाए ।
यस जितसँगै इंग्ल्यान्डले छनौटमा लगातार तेस्रो जित निकालेको छ ।
समूह 'आई' को शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले ३ खेलमा ९ अंक जोडेको छ ।
पोल्याण्ड ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा हंगेरीले एन्डोरालाई ४-१ ले हराएको छ ।
त्यस्तै अल्बानियाले सान मारिनोलाई २-० ले हराएको छ ।