फ्रान्सको जितमा ग्रीजम्यानको निर्णायक गोल
बिहिबार, १९ चैत्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा साविक विजेता फ्रान्सले साँघुरो जित निकालेको छ ।
बुधबार राति भएको खेलमा फ्रान्सले बोस्निया र हर्जगोभिनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
फ्रान्सको जितमा एन्टोनी ग्रीजम्यानले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६० औं मिनेटमा ग्रीजम्यानले गोल गरे । एड्रिनको पासमा उनले उत्कृष्ट हेडर गोल गरेका थिए ।
जितसँगै फ्रान्सले ३ खेलमा ७ अंक जोडेको छ ।

फ्रान्स डी समूहको शीर्ष स्थानमा रहेको छ । बोस्निया १ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा युक्रेन र काजकिस्तानले १-१ गोलको बराबरी खेलेका छन् ।
युक्रेन ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
काजकिस्तान १ अंक जोडेर पुछारमा रहेको छ ।






-1766281833800.webp&w=3840&q=75)
-1766280673568.webp&w=3840&q=75)

-1766305902285.jpeg&w=3840&q=75)


