बंगबन्धु कप कबड्डीमा नेपालको पहिलो जित
बुधबार, १८ चैत्र २०७७खेलपाटी संवाददाता
काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु कप अन्तराष्ट्रिय कबड्डी प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ ।
बुधबार भएको खेलमा पोल्याण्डलाई ४०-१९ ले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।
यस अघि पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो ।
प्रतियोगितामा नेपालले २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
बंगलादेश ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
प्रतियोगितामा नेपाल सहित आयोजक बंगलादेश, पोल्याण्ड, केन्या र श्रीलंका गरि ५ टिमको सहभागिता रहेको छ ।









%20(1)-1769779466492.jpeg&w=3840&q=75)







-1770087653546.webp&w=3840&q=75)