आइतबार, कार्तिक १७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

गोल गर्न बिर्सेको नेपाल

आइतबार, चैत १५, २०७७दिपेश तिमल्सिना
गोल गर्न बिर्सेको नेपाल
Classic Tech Internet Ad

काठमाडौं । इतिहास पल्टाउने हो भने राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय खेलमा खासै प्रभाव बनाउन सकेको देखिदैन । सुरुवाती समयदेखि नै फिनिसिङ लाइनमा चुक्दै आएको नेपाललले हालसम्म पनि गोल गर्न नसक्ने कमजोरीलाई सुधार्न सकेको छैन ।

लामो समयसम्म कुनै पनि खेलाडीले अन्तर्राष्ट्रिय गोल गर्न नसक्नुले नेपाली टोलीको स्तरमाथिनै बेला बेलामा प्रश्न उठ्ने गरेको छ । फुटबलमा जित निकाल्न गोलको आवश्यकता हुन्छ, तर नेपाली टोली र प्रशिक्षक गोलमा सधै असफल रहदै आएका छन् ।

फेरि त्यहिँ समस्या नेपाली फुटबलमा दोहरिएको छ ।

नेपालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिता चलिरहेको छ । नेपाल पछिल्ला ७ खेलमा गोल विहिन छ । राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जन नेपालको गोल विहिन यात्रालाई टोलीको पुरानै रोगको संज्ञा दिन्छन् । नेपाली टोलीले गोल गर्न नसक्नु पहिले देखिकै कमजोरी रहेको उनको कथन छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले दुई खेलमा गोलरहित बराबरी खेलेपछि प्रशिक्षक महर्जनले यस्तो बताएका हुन् ।

‘स्कोर गर्न नसक्ने हाम्रो पहिलो देखिकै कमजोरी हो । अट्याकिङ पोजिसन सुधार्दै लैजानु पर्छ । हामी त्यसमा लागि रहेका छौं ।’ उनले भने ।

नेपालको अट्याकिङ पोजिसन खराब रहेको थाहा पाएपनि प्रशिक्षक महर्जनले खेलाडीको पोजिसन परिवर्तन गर्दै मैदान उतारे । नतिजा उस्तै आयो । उनले राम्रो खेलाडीको पोजिसन परिवर्तन गर्दा कुनै फरक नपर्ने दाबी समेत गरे ।

उनले भने, ‘राम्रो खेलाडीले जुन सुकै पोजिसनमा खेल्न सक्नु पर्छ । त्यसैले खेलाडीको पोजिसन परिवर्तन गर्दा कुनै फरक पर्दैन ।’

May be an image of 4 people, people standing and text that says 'Th KFU Nations gyzstan p 留 27 27 22 10 14 14 खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेल khelpati com खेलपाटी khelpati.com खेल पाटी khelpati.com 27 14'

नेपाली टोलीले समग्रमा ८ खेलमा गोलविहिन बनेको छ । किर्गिस्तानको यू–२३ टिमविरुद्धको खेललाई अन्तराष्ट्रिय खेल मानिने छैन । तर, अन्तर्राष्ट्रिय मान्यता पाएका ७ खेलमा गोलको खडेरी देखिएको छ ।

नेपालले पछिल्लो पटक विश्वकप छनोटमा चाइनिज ताइपेविरुद्ध गोल गरेको थियो । सो खेलमा नेपालले २–० को जित निकालेको थियो ।

यसअघि पनि नेपालले सन् १९८४ अक्टोबर १९ देखि १९८५ डिसेम्बर २२ सम्म ११ खेल खेल्दा कुनै गोल गर्न सकेको थिएन ।

त्यतिबेला नेपालले मलेसियासँग मात्र गोलरहित बराबरी खेल्न सकेको थियो ।

सन् १९८४ मा नेपालले एएफसी एसियन कप छनोटमा युएईसंग ११–० को हार ब्यहोर्दा ओमानसँग ८–० ले पराजित भएको थियो ।

नेपालले दक्षिण एसियाली खेलकुद (साग) मा भुटानलाई १–० ले पराजित गर्दै ११ खेलको गोल विहिन यात्रालाई टुङ्गाएको थियो । त्यसपछि पुन सन् १९८६ मा नेपालले लगातार ६ खेल खेल्दा गोल विहिन बन्यो । सन् १९८६ मा दशरथ रंगशालामा पन्चायत सिल्भर जुब्ली कपमा बंगलादेशलाई १–० ले पराजित गर्दै नेपालले गोलविहिन यात्राको अन्त्य गरेको थियो ।

सन् १९८७ नोभेम्बर २३ देखि १९८९ अक्टोबर २२ सम्म नेपालले लगातार ७ खेल खेल्दा गोल गर्न सकेन । नेपालले सो दौरान हङकङ, माल्दिभ्स र पाकिस्तानसंग गोल रहित बराबरी खेलेको थियो । सन् १९८९ को सागमा भारतसँग २–१ पराजित खेलमा नेपालले एक गोल फर्काएको थियो ।

त्यसपछि राष्ट्रिय टिमका केही खेलमा गोल देखिएका थिए । तर सन् २००३ मार्च २० देखि २००५ डिसेम्बर ८ सम्म फुटबल टोलीले पुनः गोल गर्न बिर्सियो । त्यो समय नेपाल दक्षिण कोरियासँग १६–० को फराकिलो अन्तरले पराजित भएको थियो । योनै नेपालको हालसम्मकै फराकिलो अन्तरको हार हो ।

त्यस समयमा नेपालले ७ खेल खेल्यो । एएफसी एसियन कप छनोटका ७ खेलमा गोल गर्न नसकेको नेपालले गोलको खडेरी तोड्न साफ गोल्डकपसम्म पर्खनु पर्यो । पाकिस्तानस्थित कराँचीमा भारतसंग भएको खेलमा २–१ ले पराजित हुँदा नेपालको एक खेल देख्न पाईएको थियो ।

नेपालले सन् २०१३ सेप्टेम्बर ८ देखि २०१५ डिसेम्बर २७ सम्म ११ खेल खलेको थियो । यसबीचमा नेपालको यू–१६, यू–१९ र मनाङ मर्स्याङ्दीसँग खेलेको मैत्रीपूर्ण खेल भने अन्तर्राष्ट्रिय खेल मानिने छैन । नेपालले मनाङसँग १–१ को बराबरी खेल्दा यू–१९ सँग गोलरहित बराबरी र यू–१६ लाई १–० ले पराजति गरेको थियो । तर, त्यसको वरिपरी खेलेका लगातार ११ खेलमा नेपालले कुनै गोल गर्न सकेको थिएन ।

त्यसपछि भारतमा भएको साफ च्याम्पियनसिपमा घरेलु टोलीसँग ४–१ ले पराजित भएको खेलमा नेपालले एक गोल फर्काएको थियो । सो खेलमा नेपालका लागि बिमल घर्तिमगरले खेलको तेस्रो मिनेटमानै गोल गर्दै अग्रता मात्र दिलाएनन्, नेपाली टोलीको लामो समयको गोलको खडेरी पनि पुरा गरेका थिए ।

May be an image of 3 people, people standing, people playing football, grass and text that says 'AMAL 7 खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी widt khelpati.com'

सन् २०१८ सेप्टेम्बर १२ देखि सन् २०१९ जुन ६ अघि खेलेका लगातार ६ खेलमा पनि नेपालले गोल विहिन यात्रा तय गरेको थियो । तर सन् २०१९ मा चाइनिज ताइपेसँग भएको मैत्रीपुर्ण खेलमा १–१ को बराबरी खेल्दा नेपालका लागि अभिषेक रिजालले गोल गोल गरेका थिए । त्यसपछिका १० खेलमा नेपालले विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेसँगविरुद्ध दुई गोल गरेको थियो । दुवै गोल अन्जन विष्टले गरेका थिए । त्यसपछि कुनै पनि खेलाडीले अन्तराष्ट्रिय गोल गर्न सकेका छैनन् ।

ताइपेपछि मात्रै नेपालले ७ खेल खेलेको छ । ताइपेपछि नेपालले विश्वकप छनोटमा अष्ट्रेलिया, जोर्डन र कुवेतसँग खेल्यो । अष्ट्रेलियासँग ५–० ले पराजित नेपाल जोर्डनसँग ३–० र कुवेतसँग १–० ले पराजित भयो । त्यस्तै म्यानमारसँगको मैत्रीपुर्ण खेलमा नेपाल ३–० ले पराजित भएको थियो । नेपालले पछिल्लो पटक बंगलादेशसँग उसैको मैदानमा २ मैत्रीपुर्ण खेल खेल्यो । ढाकामा भएको पहिलो मैत्रीपुर्ण खेलमा २–० ले पराजित नेपालले दोस्रो खेल गोलरहित बराबरीमा टुङ्गाएको थियो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सालाहको ऐतिहासिक २५० औं गोल

सालाहको ऐतिहासिक २५० औं गोल

किन राष्ट्रिय लिग भन्दैछ एन्फा ?

किन राष्ट्रिय लिग भन्दैछ एन्फा ?

चम्किए एमबाप्पे, रियलको फराकिलो अग्रता

चम्किए एमबाप्पे, रियलको फराकिलो अग्रता

Bajaj Pulsar Motorcycle Ad
सालाहको ऐतिहासिक २५० औं गोल

सालाहको ऐतिहासिक २५० औं गोल

किन राष्ट्रिय लिग भन्दैछ एन्फा ?

किन राष्ट्रिय लिग भन्दैछ एन्फा ?

चम्किए एमबाप्पे, रियलको फराकिलो अग्रता

चम्किए एमबाप्पे, रियलको फराकिलो अग्रता

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

रिचर्डको ह्याट्रिकसँगै सलहेश सेमिफाइनलमा

रिचर्डको ह्याट्रिकसँगै सलहेश सेमिफाइनलमा

नेपालको लगातार तेस्रो हार

नेपालको लगातार तेस्रो हार

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

यु-१९ प्रिमियर कप : ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

यु-१९ प्रिमियर कप : ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो