दोरम्बा सहिद स्मृति खुल्ला फुटबल हुने
२०२१ मार्च २४, बुधबारखेलपाटी संवाददाता
काठमाडौं । शैलुङ खेलकुद विकास समिति दोरम्बाको आयोजनामा प्रथम दोरम्बा सहिद स्मृति खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।
रामेछापको दोरम्बामा हुने खुल्ला फुटबल प्रतियोगिता चैत २४ देखि २९ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख पाउने आयोजक निराज योञ्जनले बताए ।
यस्तै, तेस्रो हुनेले ५० हजार र सान्त्वनाले २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
व्यक्तिगत विधातर्फको उत्कृष्ट खेलाडीले ५ हजार र ट्रफी पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको टिम दर्ता शुल्क ७ हजार ५ सय लाग्ने आयोजकले जनाएको छ ।