एजेन्सी । टोटेनहमका स्ट्राइकर ग्यारेथ बेलले आफ्नो योजना रियल मड्रिड फर्कने रहेको बताएका छन् ।
टोटेनहमबाट लोनमा खेलिरहेका बेलले सम्झौता सकिएपछि रियल फर्कने बताएका हुन् ।
वेल्सका स्ट्राइकर बेल यस सिजनको लागि रियलबाट लोनमा टोटेनहम आएका थिए ।
'टोटेनहममा आउनुको मुख्य कारण फुटबल खेल्नु थियो,' बेलले भने. 'मेरो योजना फर्कनेछ । जुन योजना मैले बनाईसकेको छु ।'
बेल गत सेप्टेम्बरमा टोटेनहम आएका थिए । टोटेनहम उनको पूर्व क्लब समेत हो ।
३१ वर्षीय बेल टोटेनहमबाटै रियल गएका थिए ।
बेल हाल फिफा विश्वकप छनोटका लागि वेल्समा रहेका छन् ।
वेल्सले छनोटमा बुधबार बेल्जियमसँग खेल्नेछ ।