काठमाडौं । खालीबारी युथ क्लबले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ ।
सोमबार भएको खेलमा मनोहरा युनाईटेडलाई १-० गोल अन्तरले पराजित गर्दै खालीबारीले दोस्रो जित निकालेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा खालीबारीलाई जित दिलाउन इमान लामाले निर्णायक गोल गरे ।
इमानले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए । जुन गोल खेलमा निर्णायक बन्यो ।
जितसँगै खालीबारीले ३ खेलमा ६ अंक जोडेको छ ।
मनोहराको यो पहिलो हार हो ।
मनोहराले ३ खेलमा ६ अंक जोडेको छ ।
अर्को खेलमा ओसिस क्लब र सानेपा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।
लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।