एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा एसी मिलानले संघर्षपूर्ण जित निकालेको छ ।
आइतबार राति भएको खेलमा मिलानले फियोरेन्टिनालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
खेलको नवौं मिनेटमा ज्लाटन इब्राहिमोविचले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको १७ औं मिनेटमा एरिक पुल्गरले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ५१ औं मिनेटमा फ्रान्क रिबेरीले गोल गर्दै फियोरेन्टिनालाई २-१ को अग्रता दिलाए ।
तर, खेलको ५७ औं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै मिलानलाई २-२ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ७२ औं मिनेटमा हाकनले गोल गर्दै मिलानलाई ३-२ को जित दिलाए ।
जितसँगै मिलानले २८ खेलमा ५९ अंक जोडेको छ । मिलान तालिकाको दोस्रो स्थानमा रहेको छ ।
फियोरेन्टिना २९ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
अर्को खेलमा नापोलीले रोमालाई २-० ले हराएको छ ।