नेपाल आईपुग्यो बंगलादेशी टिम

काठमाडौं । त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताका लागि बंगलादेशको टिम नेपाल आईपुगेका छन् ।
बंगलादेशको ४० सदस्सीय टिम बिहीबार नेपाल आईपुगेको हो । बंगलादेशको टिम सोल्टी होटलमा बस्नेछ ।
बंगलादेशी टिमलाई एन्फाका सदस्य शिक्षित पराजुली, रुपेश अधिकारी लगायतले स्वागत गरेका थिए ।
दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ ।
नेपाल र किर्गिस्तानबीचको खेल चैत १२ गते हुनेछ । किर्गिस्तानको यू-२३ टिम हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् । उद्घाटन खेल चैत १० हुनेछ ।
यस्तै दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।
राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
फाइनल खेल चैत १६ गते हुनेछ ।
प्रतियोगितामा कुल ४ खेल हुनेछ ।










%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)



-1769690582903.jpeg&w=3840&q=75)