नेपालगन्ज । सुदुर पश्चिमको स्टार सिटी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिगमा लगातार दोस्रो जित हासिल गरेको छ ।
बुधबार नेपालगन्ज रंगशालामा भएको खेलमा स्टार सिटीले प्रदेश नम्बर १ को च्याम्पियन सैनिक युथ क्लबलाई २–१ ले पराजित गरेको छ ।
स्टारको तर्फबाट कुलदिप कार्कीले पेनाल्टीमार्फत ३८ औं मिनेटमा अग्रता दिलाएका थिए । रुप बहादुर लामाले टोलीको अग्रता दोब्बर बनाए ।
सैनिकका जिवन गुरुङले ४० औं मिनेटमा गोल गरेका थिए ।
खेलमा 'म्यान अफ द म्याच' सैनिका गोलकिपर एवम कप्तान किशोर गिरी घोषित भए ।
सुदुरपश्चिमको स्टार सिटीले दुइ खेल जित्दै ६ अंक जोडन सफल भएको छ ।
स्टारले पहिलो खेलमा प्रदेश नम्बर २ को मनकामना युवा क्लबलाई ३–० ले हराएको थियो ।
स्टार सिटीका प्रशिक्षक ललित चन्दले दोस्रो जितले टोलीको आत्मविश्वास बलियो बनेको बताए । झापाजस्तो टोलीलाई जित्नु प्रतियोगिताको ठुलो उपलब्धी भएको बताउँदै ललितले प्राप्त जितले च्याम्पियन बन्न सहयोग गर्ने विश्वास छ।’
झापाका प्रशिक्षक संजय राईले पहिलो रोजाईका खेलाडी नहुँदा समस्या भएको बताए ।