एजेन्सी । मिडफिल्डर आरोन रामसे विश्वकप छनोट खेल्ने वेल्सको टिममा अटाएका छन् ।
चोटका बाबजुत रामसे छनोट खेल्ने टिममा परेका हुन् ।
वेल्सले घोषणा गरेको टिममा उनलाई समावेश गरिएको छ ।
छनोट अन्तर्गत वेल्सले यहिँ मार्चमा बेल्जियम र चेक रिपब्लिकसँग खेल्दैछ । यस्तै मेक्सिकोसँग एक मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
थाइ चोटका कारण मिडफिल्डर युभेन्ट्सको टिममा रहेका छैनन् ।
आइतबार राति काग्लियारीविरुद्धको खेलमा समेत उनी टिम बाहिर रहेका थिए ।
यस्तै मिडफिल्डर जोइ एलेनले टिममा पुनरागमन गरेका छन् ।
एलेनले सन् २०१९ पछि वेल्सका लागि खेलेका छैनन् ।