एजेन्सी । जापानका पूर्व मिडफिल्डर केइसुके होन्डा अजरबैजानको क्लबमा अनुबन्धित भएका छन् ।
३४ वर्षीय होन्डाले अजरबैजान प्रिमियर लिग क्लब नेफ्ट्ची पीएफकेसँग सम्झौता गरेका छन् ।
गत वर्षको अन्तिममा ब्राजिलियन क्लब बोटाफोगो छाडेपछि होन्डा क्लब विहिन रहेका थिए ।
एसी मिलानका पूर्व प्ले मेकर होन्डाले अजरबैजानको क्लबमा ४ नम्बरको जर्सी लगाउने छन् ।
होन्डाले सन् २०१८ को विश्वकपपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।
जापानको लागि तीन पटक विश्वकप खेलेका होन्डाले रुस विश्वकप एक गोल गरेका थिए । होन्डाले जापानको लागि ९८ खेल खेल्दै ३७ गोल गरेका छन् ।
सन्यासपछि होन्डाले कम्बोडियाको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बनेका थिए ।
