एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ आबद्द पन्जाब एफसी हिरो आईलिग फुटबलमा पराजित भएको छ ।
सोमबार भएको खेलमा पन्जाब टिडिम रोड एथ्लेटिक युनियनसँग १-० गोल अन्तरले पराजित भएको हो ।
एथ्लेटिक युनियनको जितमा कोमरुम टुर्सुनोभले निर्णायक गोल गरे । उनले खेलको ८१ औं मिनेटमा गोल गरेका थिए ।

त्यसअघि ७९ औं मिनेटमा मोहमद इर्सादले रातो कार्ड पाएपछि पन्जाब १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै एथ्लेटिक युनियनले १३ खेलमा २५ अंक जोडेको छ । एथ्लेटिक युनियन शीर्ष स्थानमा रहेको छ ।
पन्जाबले १३ खेलमा १९ अंक जोडेको छ ।
पन्जाब पाँचौं स्थानमा रहेको छ ।