• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
विशाल धनगढी एफसीको मार्की खेलाडी
खेलपाटी संवाददाता
सोमबार, चैत २, २०७७ खेलपाटी संवाददाता
विशाल धनगढी एफसीको मार्की खेलाडी

काठमाडौं । राष्ट्रिय फुटबल टिमका सदस्य तथा मिडफिल्डर विशाल राई मार्की खेलाडीको रुपमा फ्रेन्चाइज टिम धनगढी एफसीमा अनुबन्धित भएका छन् ।

नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम धनगढीले सोमबार विशाललाई मार्की खेलाडीको रुपमा अनुबन्धित गरेको हो ।

धनगढीका टिम मालिक सुवास बहादुर शाही र विशालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

धनगढीका मार्की खेलाडी नियुक्त भएपछि बोल्दै विशालले टिमको लक्ष्य उपाधि उचाल्नु रहेको बताए ।

'टिमको मार्की खेलाडी हुन पाउँदा खुसी छु । हामी जित्नका लागि खेल्ने छौँ,' विशालले भने ।

राष्ट्रिय टिमका नियमित सदस्य विशाल मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबबाट 'ए' डिभिजन लिग जितिसकेका छन् ।

पछिल्लो सिजन मछिन्द्रले लिगको उपाधि जित्दा विशाल टिमका मुख्य खेलाडी रहेका थिए ।

को हुन् विशाल ?

२७ वर्षे मिडफिल्डर विशालले राष्ट्रिय टिममा सन् २०१५ अगष्ट ३१ मा डेब्यु गरेका थिए ।

उनले नेपालका लागि १९ खेलमा ३ गोल गरिसकेका छन् । उनले माल्दिभ्स, लाओस र फिलिपिन्सविरुद्ध गोल गरेका थिए ।

नेपालले सन् २०१६ मा बंगबन्धु गोल्डकपको उपाधि जित्दा विशाल टिममा महत्वपूर्ण सदस्य थिए ।

यस्तै सन् २०१६ मा भएको १२ औं दक्षिण एसियाली खेलकुद र एएफसी सोलिडारिटी कपको उपाधि जित्दा विशाल टिममा रहेका थिए ।

विशालले वि.सं २०६६–६७ मा मछिन्द्रबाट खेल्दै सहिद स्मारक 'ए' डिभिजन लिगमा डेब्यु गरेका थिए ।

उनले वि.सं २०७० र २०७५ मा मनाङ मर्स्याङ्दी तथा २०७६ मा मछिन्द्र क्लबबाट लिगको उपाधि जितेका छन् ।

मछिन्द्रले पछिल्लो सिजन लिगको उपाधि जित्दा उनी उत्कृष्ट मिडफिल्डर चुनिएका थिए ।

यस्तै राष्ट्रिय लिग वि.सं २०७१–७२ मा मनाङबाट खेल्दा पनि उनी उत्कृष्ट मिडफिल्डर बनेका थिए ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

लिगमा धनगढीसँगै विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ ।  लिगमा कुल १९ खेल हुनेछ ।

टिममा स्वदेशी र विदेशी खेलाडी राख्न पाइनेछ । खेलाडीको छनोट अक्सनबाट हुनेछ । अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नु पर्नेछ ।

लिगमा एक टिमले ३ विदेशी खेलाडी राख्न पाउने छन् । यस्तै दुई खेलाडीले प्लेईङ सेटमा रहेर खेल्न पाउने छन् ।

No description available.

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अब नेपाललाई बदलासँगै जित्नैपर्ने चुनौती
अब नेपाललाई बदलासँगै जित्नैपर्ने चुनौती
नेपाललाई उछिन्दै शीर्ष स्थानमा फर्कियो बंगलादेश
नेपाललाई उछिन्दै शीर्ष स्थानमा फर्कियो बंगलादेश
५ सय डलर जरिवाना लागेकी सिमरनको प्रतिबन्ध फुकुवा
५ सय डलर जरिवाना लागेकी सिमरनको प्रतिबन्ध फुकुवा
एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङसँगै १० क्लब
एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङसँगै १० क्लब
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तिलोत्तमा कोरा साइक्लिङ सम्पन्न
तिलोत्तमा कोरा साइक्लिङ सम्पन्न
प्रधानको नेतृत्वमा जिम्न्याष्टिक संघ
प्रधानको नेतृत्वमा जिम्न्याष्टिक संघ
अब नेपाललाई बदलासँगै जित्नैपर्ने चुनौती
अब नेपाललाई बदलासँगै जित्नैपर्ने चुनौती
हिमालयन १०० मा क्षितिज  च्याम्पियन
हिमालयन १०० मा क्षितिज च्याम्पियन
नेपाललाई उछिन्दै शीर्ष स्थानमा फर्कियो बंगलादेश
नेपाललाई उछिन्दै शीर्ष स्थानमा फर्कियो बंगलादेश
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP