'सी' डिभिजन लिग : आज दुई खेल
सोमबार, चैत २, २०७७खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।
एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा सानेपा क्लब र विरगंज युनाईटेडबीच खेल हुनेछ ।
सानेपा र विरगंजबीचको खेल अपरान्ह १२:३० बजे सुरु हुनेछ ।
यस्तै दोस्रो खेलमा मनोहरा युनाईटेड क्लब र महाबिर क्लबबीच खेल हुनेछ ।
दुई टिमबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।
आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् ।
सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ ।
प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)



-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)