आत्मघाती गोलमा युनाईटेडको जित
सोमबार, चैत २, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले साँघुरो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युनाईटेडले वेस्ट ह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
युनाईटेडले आत्मघाती गोलको उपहारबाट जित निकालेको हो ।
खेलको ५३ औं मिनेटमा वेस्ट ह्यामका क्राग डसनले आत्मघाती गोल गरेका थिए ।
जुन गोल युनाईटेडको जितमा निर्णायक बन्यो ।
यस जितसँगै युनाईटेड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
युनाईटेडले २९ खेलमा ५७ अंक जोडेको छ ।
वेस्ट ह्याम ४८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।









-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)


