एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ आबद्द पन्जाब एफसीले हिरो आईलिग फुटबलमा हार व्यहोरेको छ ।
शुक्रबार राति भएको खेलमा पन्जाब गोकुलम एफसीसँग १-० गोल अन्तरले पराजित भएको हो ।
गोकुलमको जितमा डेनी एन्ट्वीले निर्णायक गोल गरे ।
डेनीले खेलको १७ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।

लिगमा पन्जाबको यो तेस्रो हार हो ।
पन्जाब लिगको चौंथो स्थानमा रहेको छ ।
पन्जाबले ११ खेलमा १८ अंक जोडेको छ ।
गोकुलम ११ खेलमा १९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।
