एजेन्सी । बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले चोट बोकेका छन् ।
स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेभियाविरुद्धको दोस्रो लेग खेलमा पिकेले घुँडाको चोट बोकेका हुन् ।
जुन खेलमा बार्सिलोनाले सेभियालाई ३-० ले हराएर फाइनल यात्रा तय गरेको थियो ।
बार्सिलोनालाई जित दिलाउन ओसुमाने डेम्बेले, जेरार्ड पिके र मार्टिन ब्रेथवेटले एक एक गोल गरेका थिए ।
पिकेको चोटबारे बार्सिलोनाले थप जानकारी गराएको छैन ।
तर, पिकेले च्याम्पियन्स लिग अन्तर्गत फ्रेन्च क्लब पीएसजीविरुद्ध दोस्रो लेग गुमाउने बताईएको छ ।
बार्सिलोनाले पीएसजीसँग मार्च ११ मा खेल्दैछ ।
पहिलो लेगमा बार्सिलोना ४-१ ले पछि रहेको छ ।