मंगलबार, ०५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

सरकार भर्सेस ओलम्पिक – सुध्रिएन सम्बन्ध

शुक्रबार, २१ फाल्गुण २०७७दिपेश तिमल्सिना
सरकार भर्सेस ओलम्पिक – सुध्रिएन सम्बन्ध
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएको ८ महिना बित्यो ।

नयाँ ऐन अनुसार राष्ट्रिय खेलकुद परिषद्को बोर्डमा ओलम्पिक कमिटिबाट दुई जना सदस्य मनोनित हुनुपर्ने हो । तर, युवा तथा खेलकुद मन्त्रालयमा दुई जना मन्त्री फेरिएपनि ओलम्पिक कमिटिबाट आउने दुई जना सदस्यलाई राखेपको बोर्डमा मनोनित गरेका छैनन् ।

युवा तथा खेलकुद मन्त्रालयले बोर्ड सदस्य मनोनयनका लागि ओलम्पिक कमिटिलाई औपचारिक पत्र समेत नपठाएको अवस्था छ । प्रस्तुत घटनाले सरकार र ओलम्पिक बीचको सम्बन्धको चिसोपना मात्र देखाउँदैन्, नयाँ ऐन जारी भएपनि घरेलु खेलकुदमा सरकार भर्सेस ओलम्पिकको लडाँई स्थायी रुपमै अघि बढ्ने देखिन्छ ।

ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ पछिल्लो समयको राजनीतिक परिवर्तन र राखेपमा आफ्नो प्रभुत्व जमाउने होडबाजीका कारण ओलम्पिकबाट बोर्ड सदस्य नियुक्त हुन नसकेको बताउँछन् ।

‘राजनितीक परिवर्तनसँगै बोर्ड सदस्यमा आफ्ना व्यक्ति राख्ने दौड छ । बोर्ड सदस्यमा आफ्नो बाहुल्यता जनाउन खोजी रहेका छन् ।’ एनओसीका अध्यक्ष श्रेष्ठले भने, ‘हामी ऐन भन्दा माथी छैनौ । ऐन अनुसार बोर्ड सदस्य नियुक्तिका लागि तयार छौ ।’

अध्यक्ष श्रेष्ठले बोर्ड सदस्य नियुक्तिका लागि अहिलेसम्म मन्त्रालयबाट कुनै पत्र नआएको बताए । नयाँ ऐनको पालना गर्दै मन्त्रालयबाट बोर्ड सदस्य नियुक्तिका लागि सम्बन्धित निकायमा पत्र आउनु पर्ने उनको धारणा छ । उनले अहिलेसम्मका सबै बोर्ड सदस्यको नियुक्ति व्यक्तिगत पत्रका आधारमा मनोनयन गरिएको आरोप लगाए ।

‘कुनै पनि संघ संस्थाबाट बोर्ड सदस्य नियुक्त गर्नु पूर्व सम्बन्धित संघ संस्थालाई पत्र पठाउनु पर्ने हो । बोर्ड सदस्यका लागि कुनै न कुनै मापडण्ड तोक्नु पर्ने हो । सुचना निकाल्नु पर्ने हो । खै कहाँ छ त्यो प्रक्रिया ?’ श्रेष्ठले भने, ‘अहिलेसम्म जति पनि बोर्ड सदस्यमा नियुक्त भएका छन् । उनीहरुलाई व्यक्तिगत पत्र पठाएर नियुक्त गरिएको छ भन्ने सुनिएको छ । यो त पुरानै तानाशाह जस्तो भएन र ?’

नयाँ ऐनले विवादत छविका व्यक्तिलाई राखेपमा आउन बन्देज गरेको छ । ऐनको दफा ८ मा ‘पद रिक्त हुने अवस्था’ उल्लेख गरिएको छ । सो दफा ८ को ‘ज’ नम्बर बुँदामा ‘राष्ट्रको प्रतिनिधित्व गरी विदेश गएकोमा भागेको र पछि फर्केर आएको प्रमाणित भएमा’ पद रिक्त हुने उल्लेख छ । तर, बोर्ड सदस्य नियुक्तिमा सरकारले नयाँ ऐनको धज्जी उडाएको श्रेष्ठ बताउँछन् ।

‘बोर्ड सदस्यको मापडण्ड के ? उनीहरुको योग्यता के रहने ? कस्तो व्यक्ति बोर्ड सदस्य नियुक्त हुन पाउने, कस्तो व्यक्ति बोर्ड सदस्य नियुक्त हुन नपाउने भनेर ऐनमा नै स्पष्ट छ । त्यो पालना गर्नु पर्दैन् ?’ उनले भने, ‘हामीले कुन आधारमा दुई जना व्यक्ति पठाउने ? त्यसमा पनि हामीलाई पत्र आएको छैन । पत्र आएपछि मात्र हामीले दुई जना पठाउने प्रक्रिया अगाडी बढाउने हो । त्यसमा पनि हाम्रो हकमा एनओसीको बोर्ड बैठकले दुई बोर्ड सदस्यको निर्णय गरेर सिफारीस गर्ने हो ।’

तत्कालिन मन्त्री जगतबहादुर विश्वकर्माले नयाँ ऐनले खेलकुदका सबै समस्या समाधान गर्ने दाबी गर्थे । तर उनकै पालामा सरकार र ओलम्पिक कमिटिबीच टसल पर्यो । ओलम्पिक चुनावमा सरकारले हस्तक्षपको प्रयास गर्यो, तर सफल हुन सकेन । चुनाव सम्पन्न भएको वर्ष दिन बितिसकेको छ, तर सम्बन्ध सुधार हुन सकेको छैन ।

जिवनराम श्रेष्ठविरुद्ध प्रधानमन्त्री केपी ओलीले उमेशलाल श्रेष्ठलाई सरकारको आधिकारिक उम्मेदवारको रुपमा प्रस्ताव गरेका थिए । उमेशलाल प्यानलको पक्षमा समर्थन जुटाउन तत्कालिन मन्त्री र सदस्य सचिवले निकै जोड गरेका थिए । तर जिवनराम श्रेष्ठले प्रधानमन्त्रीका उम्मेदवार उमेशलाललाई हराउँदै ओलम्पिक चुनावमा बाजी मारे । ओलम्पिक चुनावको तुष अझैपनि दुवै पक्षमा बाँकीनै रहेको देखिन्छ ।

पाटी एउटै भएपनि फरक गुटको प्रभाव ओलम्पिक राजनीतिमा छ । ओलम्पिकका जीवनराम नेकपाभित्र प्रचण्ड–नेपाल पक्षका हुन् भने तत्कालिन मन्त्री जगतबहादुर विश्वकर्मादेखि दावा लामा र सदस्य सचिव रमेशकुमार सिलवाल प्रधानमन्त्री केपी ओली गुटका हुन् ।

सरकार र ओलम्पिक कमिटिको नेतृत्वमा फरक फरक गुटका नेता रहेका कारण सम्बन्ध सुधार हुन नसकेको देखिन्छ ।

खेलकुद मन्त्रि दावा लामाले बाँकी रहेको बोर्ड सदस्य नियुक्तीका लागि उचित समय नआएको बताउँछन् । उनले ओलम्पिकबाट आउने बोर्ड सदस्यको विषयमा तत्काल केही भन्न सकिने अवस्था नरहेको बताए । उचित समय आए सबै काम समयमै पुरा हुने खेलकुद मन्त्री लामाले उल्लेख गरे ।

‘ओलम्पिकबाट बोर्ड सदस्य नियुक्ती नभएर पनि के हुन्छ ?’ मन्त्री लामाले प्रश्न गरे, ‘खेलकुदका काम गर्न बोर्ड सदस्य नै चाहिन्छ भन्ने छैन । काम रोकिदैनन् । काम भइरहेको पनि छ । नियुक्तिका कुरा उचित समय आएपछि पुरा हुन्छ ।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडीको सूचीमा युवराज

सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडीको सूचीमा युवराज

जितविहीन नेपाल

जितविहीन नेपाल

एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

एन्फाको निर्वाचन फागुन २७ गते हुने

एन्फाको निर्वाचन फागुन २७ गते हुने

सकसमा अस्ट्रेलिया

सकसमा अस्ट्रेलिया

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !