काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र बाँसबारी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
शीर्ष स्थानको सातदोबाटो र तेस्रो स्थानको बाँसबारीबीचको खेल अपरान्ह १२:१५ मा सुरु हुनेछ ।
आज सातदोबाटो बाँसबारीलाई हराएर उपाधि होड बलियो बनाउन चाहन्छ ।
तर, बलियो बाँसबारीविरुद्ध सातदोबाटोलाई जित निकाल्न सहज हुने छैन ।
सातदोबाटोले ८ खेलमा २२ अंक जोडेको छ ।
बाँसबारीले ८ खेलमा १८ अंक जोडेको छ ।
यस्तै अर्को खेलमा मध्यपुर युथ एसोसियसन र पुल्चोक स्पोर्ट्स क्लबबीच खेल हुनेछ ।
मध्यपुर र पुल्चोकबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।
मध्यपुर ८ खेलमा ७ अंक जोडेर १० औं स्थानमा रहेको छ ।
पुल्चोक २ अंक जोडेर पुछारमा रहेको छ ।