एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा इन्टरले पर्मालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
पर्माको मैदानमा इन्टरलाई जित दिलाउन एलेक्सिस सान्चेजले दुई गोल गरे ।
पर्माका हेर्नानीले १ गोल फर्काए ।
खेलको ५४ औं मिनेटमा सान्चेजले गोल गर्दै इन्टरलाई १-० को अग्रता दिलाएका थिए ।

खेलको ६२ औं मिनेटमा सान्चेजले व्यक्तिगत दोस्रो गोल गर्दा इन्टरले २-० को अग्रता बनायो ।
त्यसपछि खेलको ७१ औं मिनेटमा पर्माका हेर्नानीले एक गोल फर्काएपनि इन्टर २-१ ले विजयी भयो ।
यस जितसँगै इन्टरले लिगमा एसी मिलानविरुद्ध ६ अंकको अग्रता बनाएको छ ।
इन्टरले २५ खेलमा ५९ अंक जोडेको छ । दोस्रो स्थानको मिलानको ५३ अंक रहेको छ ।
पर्मा १५ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
