एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले वेस्ट ब्रुमलाई पराजित गरेको छ ।
बिहीबार राति भएको खेलमा एभर्टनले वेस्ट ब्रुमलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
वेस्ट ब्रुमको मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६५ औं मिनेटमा रिचार्लिसनले गोल गरेका हुन् ।
यस जितसँगै एभर्टनले २६ खेलमा ४६ अंक जोडेको छ । एभर्टन लिगको पाँचौं स्थानमा रहेको छ ।
वेस्ट ब्रुम १२ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा टोटेनहमले फुलहमलाई १-० ले हराएको छ ।

टोटेनहमको जितमा फुलहमका टोसीनले १९ औं मिनेटमा आत्मघाती गोल गरे ।
जितसँगै टोटेनहमले २६ खेलमा ४२ अंक जोडेको छ ।
टोटेनहम आठौं स्थानमा रहेको छ ।
फुलहम २३ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
